सरकारी सहयोग भएमा पक्कै पनि नेपालले उपाधी जित्छ – बर्षा लेखी

by / June 28, 2017 Popular No Comments
Post23

(मिस नेपालमा सहभागिता भएपछिका अवसर, चुनौतिहरु, उपलब्धिहरुका बारेमा मिस नेपाल ईन्टरनेशनल – बर्षा लेखि सग गरिएको कुराकानी )

प्रश्न  : मिस नेपालमा सहभागी हुने प्रेरणा कसरी प्राप्त भयो ?
>   स्नातकको तह  छात्रावृतिमा पढ्नको लागी तयारी अवस्थामा भएको बेला मिस नेपालको लागी फर्म देख्दा कता कता कहिन कहि फर्म भर्न बोलाएको हो की झै लाग्यो । मिस नेपालमा मधेशी समुदायबाट प्रतिनिधित्व कम हुनु र भएता पनि सफलता हासिल गरेको नसुनेको हुनाले पनि मिस नेपालमा सहभागीताको लागी हौसला बढाउने प्रेरणा मिल्यो ।

प्रश्न : मिस नेपालमा सहभागी हुँदा उपाधी जित्ने स्व–आत्मविश्वास कति थियो ?
>  आत्मविश्वासकै कुरागर्ने हो भने सायद आत्मै देखी भन्ने हो भने मँ सँग आत्मविश्वास थिएन । किनकी हामी जति प्रतिस्पर्धी थियौ त्यसमा पनि २ जना त मोडलिङ फिल्ड बाट आउनु भएको थियो । म त विशुद्ध विद्यार्थी केही नै थाहा थिएन त्यही भएर हामी रहेका बाँकी १८ जाना चाँही तेस्रोको लागि प्रतिस्पर्धा गर्ने रहेछौ कि भन्ने मलाई लागेको थियो ।

Picture / SKS photography

प्रश्न : मिस नेपालमा सहभागीताको के लाई प्राथमिकता दिइदोरहेछ ?
> यर्थाथमा आम मानवले झट्ट सोच्दा राम्री हुनुपर्ने, सिंगारपेटार गर्ने भन्ने जुन भान आम मानिसमा छाएको छ त्यो विल्कुल फरक कुरा हो किनकी ४५ दिनको तालिमका क्रममा सिंगारपेटार सम्बन्धि कक्षा ३÷४ पटक मात्र दिइन्छ । बाँकी दिनहरुमा बिभिन्न तालिमहरु दिइन्छ जस्तो की , कसरी धेरै मानिसहरुको अगाडी बोल्ने , आफ्नो कुरालाई कसरी प्रस्तुत गर्ने , राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा सांस्कृतिक, प्राकृतिक एवंम अन्य विबिध रुपले नेपाललाई कसरी चिनाउन सकिन्छ भन्ने कुरा केन्द्रमा राखी प्रशिक्षण दिइन्छ ।

प्रश्न :  मिस नेपाल इन्टरनेशनलको उपाधी जिती मिस इन्टरनेशनलमा जाँदा नेपाललाई कसरी चिनाउनु भयो ।
> मिस इन्टरनेशनलमा सहभागी जनाउदा नेपाल बारे जानकारी गराउने प्रयत्न एवंम प्रयास गरे साथै त्यहाँ सबै प्रतिस्पर्धी ले आफ्नो देशको मौलिक पहिचान झल्किने नृत्य गर्नु पर्ने थियो त्यसमा मैले थारु मौलिक पहिचान तथा नेपाल झल्किने सांस्कृतिक पोशाक लगार नृत्य गरे यसैले पनि धैरै लाई नेपालको सांस्कृतिक पहिचानको बारेमा जानकारी दिन सफल भए ।

प्रश्न : उपाधी जिते पछि व्यक्तिगत रुपमा सामाजिक कार्यमा कत्तिको अग्रसर हुनुभयो ।
> कमलरी र छाउपढीको बारेमा केही गर्न खोजेपनि १ बर्षको करार सम्झौता भएकोले शायद केही गर्न सकिएन की जस्तो लाग्छ । यहि समयमा मेरो पढाईलाई समय दिनुपर्ने भएको थियो जसले गर्दा सबैतिर समय मिलाउन धेरैनै गारो भएको थियो । त्यसमा पनि सम्झौताको परिधिमा बाधिएपछि सायद व्यक्तिगतरुपमा केही गर्न चाहाने इच्छा भएपनि गर्न सक्षम नहुदा कस्तो हुन्छ भन्ने कुरा सायद बुझ्न गारो पनि नहोला ? तैपनि अशाय बालबालिकाहरुको लागि एक दिने निःशुल्क दन्त परिक्षणको आयोजना गरियो जसमा एक जना एम.डि.एस डक्टरले सहयोग गर्नु भयो साथै टुहुरा बालबालिका हरुलाई ब्रस, मन्जन आदिको वितरण गरिएको थियो ।

प्रश्न : उपाधी जित्नु अगाडि र पछाडीमा के भिन्नता हुदो रहेछ ?
> पहिला त म एक विद्यार्थी थिए जो कि मँ श्रृङगार गर्न नै जान्दीन थिए, आफ्ना कुराहरु कसरी राख्ने ,कस्ता पहिरन कस्तो ठाउँमा लगाउने भन्ने समेत जानकारी थिएन । आर्थिक हिसाबले थोरै बजेटमानै महिनाको खार्चहरु पुग्थ्यो । तर अहिले बिभिन्न सार्वजनिक समारोहहरुमा सहाभागिता जनाउदा पेशाक ,श्रृङगार आदी कुराहरुलाई विचार पु¥याउनु पर्ने रहेछ किनकी तेस्ता समारोहहरुमा आम सर्बसाधारणले आर्कषक पहिरनको अपेक्षा गर्ने हुनाले आर्थिक पक्ष दुर्बलनै हुने रहेछ ।

प्रश्न : नेपाल ले अहिले सम्म अन्तराष्ट्रिय उपधी नजित्नुको कारण के हुन सक्छ ?
> भन्ने पर्दा नेपालमा यस्ता कार्यक्रम शुरुभएको पनि धेरै समय भएको नि छैन । जतिपनि कार्यक्रमहरु भएका छन् सबै निजी क्षेत्रबाट मात्र भएका छन् । सरकारी स्तरको उदासिनताको बाबजुत हाम्रो अपेक्षा अनुरुप यति सम्मको सफलता प्राप्त गरि रहेको अवस्थामा सरकारी स्तरको साथ र सहयोग पाएको खण्डमा पक्कै पनि उपाधि जित्नको लागी आवश्यक मार्ग प्रदान गर्नेछ । निजि स्तर भन्दा सरकारी स्तर बाट प्रतिष्पर्धामा भाग लिएको खण्डमा केहि फरकपन हुँदो रहेछ जुन स्वंयम बुझ्ने अवशर पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post