भविष्यमा राम्रो कलाकार बन्ने सोचमा मोरङकी रुक्मिला अधिकारी

by / September 3, 2018 Popular No Comments
Post23

Details

  • Name : रुक्मिला अधिकारी
    Age :
    Height :
    Complexion :

पुर्बी लेटाङ मोरङकी रुक्मिला अधिकारी पछील्लो १ बर्ष देखी मोडलिङमा सकृय छिन् । गायक तारा लक्ष्मण लिम्बुको मुटु भित्र बोलको गीतमा अभिनय गरेर मोडलिङमा पाईला चालेकी रुक्मिला बिगत २ बर्ष देखी कोरियोग्राफर बिनय दास श्रेष्ठसंग प्रोफेसनल साल्सा डान्स ट्रेनिङ पनि लिईरहेकी छिन् ।

५।३ उचाई भएकी रुक्मिलाले आधादर्जन म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारणको क्रममा रहेको ५२ भागको टेलिफिल्म बाग्मतीमा पनि काम गरेकी उनले धेरै फेसन शोमा समेत सहभागी भैसकेकी छिन् ।  रुकमिला आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन् । मोडलिङसँगै कला क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले बताइन् ।

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गर्ने क्रममा उनले भविष्यमा राम्रो कलाकार बन्ने सोच भएको बताईन । उनले भनिन्, अध्ययन र मोडलिङलाई एकसाथ अघि बढाउँछु । उनको प्रस्तुत फोटो सरिता थापा मगरको मेकअपमा कुबेर तामाङले खिचेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *