AANAND SINGH

by / August 19, 2017 No Comments
Post23

Details

  • Name : AANAND
    Age : 21
    Height : 6
    Complexion :

फेशन र अभिनयमा रुचि राख्ने युवायुवतिहरुकोलागि मोडलिङ सर्बाधिक रुचाइको क्षेत्रको रुपमा लिन सकिन्छ । सबै भन्दा छिटो नाम अनि चर्चा कमाउन सकिने यो संसारको कल्पना नगर्ने युवायुवति सायद कमै होलान । यसै भिडमा आफ्नो एउटा छुटै परिचय बनाउन लागिपरिरहेका छन् मोडल आनन्द सिहं ।


सिराहा जन्मस्थान भएका उनि हाल काठमाण्डौलाई आफ्नो कर्मथलो बनाउदै अगि बढीरहेका छन् । आर्कषक अनुहार र शरिरका धनी आनन्द उमेरले २१औं बसन्तमा छन् । ६ फिट उचाई भएका उनि बडी बिल्डिङको क्षेत्रमा पनि आफ्नो रुचि भएको बताउछन ।


मिस्टर राजधानी २०१४ बाट मोडलिङ क्षेत्रमा कदम चालेका आनन्दले सुपरस्टार बन्ने सपना साकार पार्न दिनरात मेहनत गरिरहेका छन । नेपाली महानायक राजेश हमाल र बलिउड सुपर स्टार साहिद कपुरको फ्यान बताउने उनि एक दर्जन भन्दा बढी ¥याम्प शो हरुमा आफ्नो प्रस्तुति दिइ सकेका छन् । १५ वटा भन्दा बढी कोरियोग्राफि गरिसकेका उनले बिभिन्न बिज्ञापन तथा भिडियोमा अभिनय गरिसकेता पनि समय ब्यस्थताको कारण ठूलो पर्दामा आउन नसकेको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *