आँखाको वरिपरि देखिने कालो धब्बा हटाउने घरेलु उपाय

by / June 25, 2017 Beauty No Comments
Post23

सुन्दर र राम्रो हुने चाहना कसलाई पो हुदैन र । सहरको धुलो, धुवाँ, खानपनिको साथ साथै तपाइको अनिन्द्रा ले गर्दा पनि तपाइँको आँखाको वरिपरि कालोपन हुन सक्दछ । यसलाई हटाउने तथा रोकथाम लागि केही टिप्सहरु ल्याएका छौ जो तपाई लाई उपयोगी हुन सक्दछ ।

१. काँक्रो :
काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस् । त्यसपछि त्यसलाई आँधा वरिपरि करीब १०/१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुहोस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात डार्क सर्कल हट्न सक्छ ।
२. गोलभेँडा :
टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुस । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्नुस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात ‘डार्क सर्कल’ हट्न सक्छ ।
३. आलु :
आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुस् । त्यसलाई बन्द आँखामाथि १५/२० मिनेटसम्म राख्नु । केही समय पछि सफा पानीले पखाल्नुस् । यसो गर्दा पनि ‘आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात ‘डार्क सर्कल’ हट्न सक्छ ।
४. पुदिना :
पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुस् । करिब १०/१५ मिनेट पछि सफा पानीले पखाल्नुस् । यसलेआँखाको ‘डार्क सर्कल’ हटाउन मद्धत गर्छ ।
५. गुलाव जल :
कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस् र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात डार्क सर्कल हटाउन सहयोग पु¥याउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post