कसरी पर्छ चाया र यसका बचाउका उपायहरु

Post23

बिशेषत जाडो मौसममा कपालमा बढीनै चाया पर्ने गर्दछ । टाउकोमा छालाका कोषहरु मर्ने र नयाँ पलाउने क्रम रहने गर्दछ त्यस समयमा टाउकामा सेता मसिना फुस्रा दागहरु देखिने गर्दछन् त्यसैलाई नै चाया भन्ने गरिन्छ ।

कसरी पर्छ चाया ः

चाया पर्ने प्रमुख कारण भनेको सरसफाई नै हो । सुख्खा मौसम, थकान, चिन्ताका साथै टाउकोमा हुने एलर्जीको कारणले गर्दा चाया धेरै नै पर्ने गर्दछ । यसका अलवा बंशाणुगत गुण, टाउकोमा आउने बिभिन्न रोगहरु, खानेकुरामा ध्यान नदिदा, कपालमा प्रयोग हुने बिभिन्न केमिकल आदीले कपाल चाया पर्ने गर्दछ ।

यसबाट हुने समस्यहरु ः
कपालमा धेरै चाया परेमा कपाल चिलाउने, टाउको रातो हुने, कपाल झर्ने, छाला खुइलिने, धेरै नै समस्या हुदै गएमा तालु हुने, चाया अनुहारमा पनि सर्ने हुन सक्दछ ।

यसबाट बच्ने उपायहरु ः
यसबाट बच्ने प्रमुख उपाय भनेकै नियमित रुपमा सरसफाई नै हो । साथै खानपान, हामीले प्रयोग गर्ने साबुन, सेम्फो र तेलको प्रयोगमा ध्यान पु¥याउनु पर्ने हुन्छ । नियमित सरसफाई , भिटामिन युक्त खानेकुरा, अनावश्यक केमिकलको प्रयोग नर्गनाले चायाको समस्याबाट बच्न सकिन्छ ।

 

Pic .from – Google

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post