नयाँ बर्षको पुर्ब सन्ध्यामा फेशन सेक्रेट २ फेशन शो हुने भएको छ ।

by / April 3, 2018 Featured No Comments
Post23

काठमाण्डौं । नेपाल इन्टिच्युट अफ फेशनले आयोजना गरेको फेशन सेक्रेट दोस्रो सिजन यही चैत्र ३० गते लाजिम्पाट स्थित नेपाली चुलोमा हुने भएको छ । गत बर्षबाट शुरु गरिएको फेशन सेक्रेट नामक फेशन शो सफलता पछि निफ ले दोस्रो सिजन लिएर आएको छ । यस सिजनमा उत्कृष्ट बिर बिक्रम खड्का, नुदिना राई, सुमन शर्मा, अनिता लोहनी, विजय के. कहर तथा बेलो कलेक्सन डिजाइनर हरुले तयार पारेका बिभिन्न सिक्वेलका क्याजुयल, पार्टी, रेड कार्पेट, स्ट्रिट वेयर लगायतका डिजाइहरु सार्बजनिक हुनेछन् ।
आशिष पाण्डेको म्यानेजमेन्टमा संचालन हुने उक्त शो मा २१ जना युवती र ११ जना युवा मोडल हरुले बिभिन्न पहिरन सहित ¥यापमा हिड्नेछन् जसको कोरियोग्राफ पुरन जोशीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post