नेपालमानै पहिलो पटक मेक अप कम्पिटिसन हुदै

by / August 24, 2017 Featured No Comments
Post23

जुम ब्युटी एकेडमीले नेपालमानै पहिलो पटक नेपाल मेक अप कम्पटिसन २०१७ अयोजना गर्ने भएको छ । बिभिन्न किसिमका सौन्दर्य प्रतियोगिताको माझमा जुम ब्युटी एकेडमीले बिलकुलै नयाँ किसिमको मेकअप प्रतियोगिता आयोजना गरेको छ । हाल विश्वभरिमै मेकअपको एउटा छुटै पहिचान भैरहेको समयमा मेकअपको क्षेत्रमा आफ्नो भविश्य बनाउन चाहाने इच्छुक मेकअप आर्टीष्टको लागि यो प्रतियोगिता एउटा विशेष अवसरको रुपमा हेरीएको छ ।
यस प्रतियोगिताको अडिसन क्रमश ः भाद्र नौ, दश र तेह्र गतेका दिन कर्मा लउन्जमा हुने आयोकले जानकारी गराउनु भएको छ । उक्त अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई उनिहरुको ब्यतित्व विकाश, हेयर स्टायल र मेकअप प्रशिक्षण दिइनुका साथै बिभिन्न अवसर प्रदान गर्ने जानकारी प्राप्त भएको छ ।
छनौट भएका प्रतिस्पर्धीहरु को फाइनल प्रतिपर्धा भदौ ३१ गते शनिबार त्रिपुरेश्वर स्थित बल्ड ट्रेड सेन्टरमा रहेको कर्मा लउन्जमा बिभिन्न आर्कषक कार्यक्रमका साथ सम्पन्न हुने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post