पिम्पल बाट बचाउने केही घरेलु उपायहरु

by / February 24, 2017 Beauty No Comments
Post23

गर्मि मौसमको आगमन सगै हाम्रो अनुहारमा चिल्लोपना आउने हुनाले बेलैमा सजक हुन नसकेमा विभिन्न किसिमका पिम्पल, तथा डण्डिफोर हरु देखा पर्ने गर्दछन् । समयमै  विचार पु¥याएन भने हाम्रो अनुहार नै कुरुप हुन सक्छ । यस्ता समस्याबाट छुटकार पाउनको लागि अपनाउनुहोस केही घरेलु उपायहरु ।

2_0

. अनुहार धुनुहोस्ः

अनुहारमा पिम्पल नआउनको लागि अनुहार धुने बानी बसाल्नुपर्छ । दिनमा कमसेकम ३-४ पटक आफनो अनुहार अवश्य धुनुहोस् । यो जरुरी छैन कि तपाई हरेक पटक फेस वास (face wash) ले मात्र आफनो face धुनुहोस् । फेस वास (face wash) को प्रयोग गरेर मात्र face धुनुपर्छ भन्ने छैन । तपाई केवल सादा चिसो पानीले पनि अनुहार धुन सक्नुहुन्छ । यसले तपाईको अनुहार (face) मा oil जम्न पाउदैन र अनुहार सफा रहन्छ । साथै पिम्पल आउनबाट रोक्छ ।

२. पिम्पल ननिचोर्नुहोस् ः

अनुहारमा सानोतिनो पिम्पल आइहाल्यो भने हामी त्यसलाई निचोर्न थाल्छौं । जुन एकदम सरासर गलत कार्य हो । अनुहारमा pimple आइहाल्यो भने पनि त्यसलाई कहिल्यै पनि ननिचोर्नुहोस् । पिम्पल निचोर्नाले उसको छेउछाउमा पिम्पल हुनुको सम्भावना अझ बढने गर्छ । यदि हुन सक्छ भने तपाईले पिम्पललाई छुन पनि नछुनुहोस् । त्यो पिम्पललाई जति जिस्कायो, उति जिस्किन्छ र तपाईको अनुहारको beauties लाई कम गरिरहेको हुन्छ ।

३. नीम फेस पैकः

अनुहारमा पिम्पल (pimple) आइसकेको छ भने gharelu उपायमा सबैभन्दा राम्रो हुन्छ कि पिम्पल ठीक गर्नको लागि face मा नीमको फेस पैक (face pack) लगाउनुहोस् । ताजा नीमको पातहरु र चन्दन पाउडरको लेप बनाउनुहोस् । यसलाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुहोस् र फेरी अनुहार चिसो पानी (cold water) ले धुनुहोस् । यस्तो गर्नाले तपाईको अनुहार face मा चमक आउनुको साथै पिम्पललाई थप हौसिनबाट जोगाउँछ ।

४. चन्दन पाउडरः

तपाईलाई पिम्पल (pimple) ले परेशान गरिरहेको छ भने अर्को उपाय भनेको चन्दन पाउडरमा गुलाब जल वा पानी मिसाएर face मा लगाउनुहोस् र केही समयपछि चिसो पानी (cold water) ले धुनुहोस् । यसले अनुहार (face) मा चिसोपना रहन्छ र जलन कम गर्छ ।

५. गुलाब जल

छाला (skin) पनि अनेक किसिमको हुन्छ भन्ने कुरा तपाईलाई थाहा नै छ । यदि तपाईको छाला आयली (oily skin) छ भने सुत्नुभन्दा पहिले अनुहार गुलाब जल gulabjal ले सफा गर्नुहोस् । राती सुत्नुभन्दा पहिले अनुहार face धुन कहिल्यै नभुल्नुहोस् ।

६. अनुहार क्लीन राख्नुहोस्

गर्मीको season मा बारम्बार पसिना आउनाले face मा धुलोमाटो जमिहाल्छ । कामकाजी मानिसहरुले प्रायः गरेर यस्तो समस्यामा पर्नुहुन्छ । कामकाजी मानिसहरु कामकाजको सिलसिलामा कहिले कता कहिले कता गइरहनर्ुपर्छ । अनुहारमा सहरबजार market को धुलोमाटो face भरि टपक्क टाँसेको हुन्छ । यस्तोमा आफनो अनुहारमा राम्ररी clean गर्नुहोस् । खासगरेर जब तपाई बाहिर गएर आउनुहुन्छ भने अनुहार अवश्य clean गर्नुहोस् ।

७. डाइट Diet

पिम्पलबाट परेशान हुने मानिसहरुले आफनो खानामा सुधार गर्नैपर्छ । आफनो खानपानमा सुधार नगरे पिम्पलबाट छुटकारा पाउन कठिन नै हुन्छ । अतः आफनो डाइटमा सुधार गर्नुहोस् । आयली फुडलाई ignore गर्नुहोस् र फल र तरकारी खाने बानी बसाल्नुतिर ध्यान दिनुहोस् । यति मात्र होइन, आफनो अनुहारको सुन्दरतामा निखार ल्याउन धेरैभन्दा धेरै पानी पिउनुहोस् । यसले शरिरको दुगन्ध बाहिर निकाल्ने काम पनि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post