“पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९” को उपाधी कबिता र सन्जय लहगुनको हातमा

by / April 2, 2019 Featured No Comments
Post23

थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ कविता चापागाई र पुरूष तर्फ सन्जय लहगुनले जित्न सफल भएका छन । बिराटनगरको होटल प्यासिफिकमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन । शिव कोइराला र समीक्षा पोख्रेल क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए । मस्ट पपुलर तर्फ विशाल लिम्बुले अाफ्नो ताज अाफ्नो पोल्टामा हाल्न सफल भएका थिए । प्रतियोगिताको फोटो ग्राफी एम के फोटो स्टुडियो गरेको थियो । यस सौन्दर्य प्रतियोगिता मार्फत केन्द्रिकित रूपमा काठमाण्डौमा मात्र सन्चालन हुने सौन्दर्य प्रतियोगितामा भाग लिन नसकि निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूषहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको थियो । रमेश भट्टराई र उषा किरण घिमिरे भट्टराईले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर दिवश भट्टराईले एक महिनाभन्दा बढिको प्रशिक्षण पश्चात प्रतिस्पर्धीहरुलाई स्टेजमा उतारिएको थियो । कार्यक्रममा प्रतिस्पर्धीहरुको ड्रेस डिजाईन भने पेजेन्ट नेपालबाट फेसन डिजाईनर ममथा बस्नेतले गरेकि थिईन ।

कार्यक्रमको प्रमुख निर्णायकमा नायक तथा गायक बाबू बोगटी , जय शर्मा, दिवश धिताल र रक्षा गुरागाई निर्णायकको रहेका थिए । साथै काठमाडौँ बाट जानुभएका कलाकारहरु श्री कृष्ण लुईटेल बोकेदाह्री, बाबू बोगटी ,महादेव त्रिपाठी, सचिन फुयाल, मिलन परियार र स्थानिय कलाकारहरू लगायतले आफ्नो प्रस्तुती दिएका थिए । बोके दारी ,बाबू बोगटी र महादेव त्रिपाठीको प्रस्तुतीले कार्यक्रममा अझै रौनकता थपेको थियो साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण एरिना टेलिभिजनले गरेको थ्रि डि इभेन्ट एण्ड मिडिया हाउसका प्रमुख सुजन रिमालले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post