पेरिस शो बाट फेरी चर्चामा पुनम क्षेत्री गौतम का ड्रेशहरु

by / September 18, 2018 Featured No Comments
Post23

एसएम ग्लोबलले आयोजना गरेको ‘क्याटवक पेरिस रिभ्योलुसन’ हालै फ्रान्सको पेरिसमा सम्पन्न भएको छ । नेपालको प्रतिनिधित्व गर्दै पेरिस पुगेकी पुनमले विभिन्न देशबाट आएका मोडलको सहयोगमा आफ्ना डिजाइनलाई ¥याम्प शोमार्फत कार्यक्रममा प्रदर्शन गरेकी हुन् । वेस्टन डिजाइनमा फ्युजन गराई तयार पारेका आर्कषक डिजाइन हरु आकर्षणको केन्द« बनेको थियो । बेलायतको लण्डन र अमेरिकाको न्यूर्योकमा आफ्नो डिजाइनका पहिरनको प्रदर्शन गरिसकेकी पुनमले पेरिसको कार्यक्रम विशेष रहेको बताइन् ।

नेपालको फ्युजन पहिरन लगाएर मोडल ¥याम्पमा हिँड्दा ‘वेलकम टु पेरिस’ भन्दै ताली बजाए,’पुनमले सम्झिईन्,‘मोडलहरुले पनि आफूहरुले पहिलोपटक यस किसिमको पहिरन लगाएको बताए ।’पुनमले नेपाललाई फेशनको देश भनेर चिनाउनका लागि पनि पेरिसको शो विशेष रहेको बताइन् । नेपालमा विभिन्न किसिमका फेब्रिक रहेकाले त्यसको अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न सकिएमा नेपाली फेसनले अन्तर्राष्ट्रिय बजार पाउने दाबी गरिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post