फेशन सेक्रेट फेशन शो को लागी मोडल छनौट सम्पन्न

by / March 11, 2018 Featured No Comments
Post23

नेपाल इन्टिच्युट अफ फेशनद्धारा आयोजित फेशन सेक्रेट फेशन शोको लागी मोडलहरुको छनौट कार्य सम्पन्न भएको छ । लाजिम्पाट स्थित नेपाली चुलोमा सम्पन्न भएको अडिसनमा मोडलहरुको छनौटको लागी छनौट मंडलमा कोरियोग्रफर रोजीन शाक्य, आर्ट डाईरेक्टर पुरन जोशी, मोडल दिक्पाल कार्की को उपस्थिति रहेको थियो । अडिसनमा सहभागी १०६ जना मध्ये बाट पुरुष तर्फ ८ जना र महिला तर्फ २२ जना उत्कृष्ट मोडलहरु छानिएका छन् । फेशन सेक्रेट फेशन शो को लागी चर्चित फेशन डिजाइनरहरुको उत्कृष्ट डिजाइन कलेक्सन प्रस्तुत गरिने साथै उक्त शो मा सहभागी मोडलहरुलाई पुरुस्कार तथा पारिश्रमिक पनि उपलब्ध गराउने जनकारी उक्त शोका इभेन्ट मेनेजर अशिष पाण्डेले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post