मनिशा लिम्बू र प्रज्वल दाहाल ले “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी जितेका छन

by / December 10, 2018 Featured No Comments
Post23

काठमाडौं, मंसिर २३ ।
थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालले जित्न सफल भएका छन ।
दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन । रोशन लाम्गाडे र राजकुमार राई क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए ।
रमेश भट्टराई र चन्दा खड्काले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर दिवश भट्टराई र सजिना श्रेष्ठको एक महिनाभन्दा बढिको प्रशिक्षण पश्चात प्रतिस्पर्धीहरुलाई स्टेजमा उतारिएको थियो । कार्यक्रममा प्रतिस्पर्धीहरुको ड्रेस डिजाईन भने पेजेन्ट नेपालबाट फेसन डिजाईनर ममथा बस्नेतले गरेकि थिईन ।

कार्यक्रमको प्रमुख निर्णाकमा मिडिया पर्सनरकलाकार राज लुइँटेल थिए साथै निर्णायकको रुपमा चर्चित कलाकारहरु गायक तथा संगितकार डिजराज पौडेल, नेपालको पहिलो महिला संगितकार रेखा पौडेल, मोडल तथा नायक दिवश धिताल, नायीका नितु कोईराला थिए ।
साथै काठमाडौँ बाट एक दर्जनभन्दा बढिको संख्यामा जानुभएका कलाकारहरु श्री कृष्ण लुईटेल, महादेव त्रिपाठी, डिज राज पौडेल, धुर्व विस्को, दिनेश लामा, जीवन ओडारी लगायतले आफ्नो प्रस्तुती दिएका थिए । बोके दारी र महादेव त्रिपाठीको प्रस्तुतीले कार्यक्रममा अझै रौनकता थपेको थियो साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण एरिना टेलिभिजनले गरेको आयोजक सुजन रिमालले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post