मिस टिन कलेज र कलेज हेन्डसम को अडिसन सम्पन्न

by / August 19, 2018 Featured No Comments
Post23

काठमाडौः सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा  पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज सनिवार सि डव्लु पाटी प्यालेस कमलादीमा सम्पन्न भएको छ पहिलो छनौट प्रक्रियावाट काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएको थिए उत्त अडिसनवाट २० जना मिस टिनको लागि र २० जना कलेज हेन्डसमको लागि छनौट गरिएको संस्थाका अध्यक्ष प्रदिपराज वन्तले हामिलाई जानकारी दिनु भयो ।
उत्त छनौट कार्यक्रममा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य , एयरक्राफ्ट इन्जिनियर  रन्जीत जैशवाल ,प्रि व्रिटिस हेल्थ क्लवका अध्यक्ष कमल लिम्वु ,सिम्रिक एयरलाइन्सकी चिफ क्याविन क्रु अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी रहनु भएको थियो । उक्त प्रक्रियावाट छनौट भएका  प्रतियोगिहरुलाई भाद्र ५ गतेवाट प्रशिक्षणमा सहभागी गराइने जानकारी संस्थाका अध्यक्ष प्रदिपराज वन्तले  दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post