मोटोपन घटाउने केही उपायहरु

Post23

मोटोपन अहिलेको समयमा एउटा आम समस्याको रुपमा रहेको छ । काब्रोहाइड्रेड, प्रोटिन र चिल्लो खानेकुरा अधिक खानाले हाम्रो शरिरमा धेरै इनर्जी उत्पादन गर्छ र जव हाम्रो शरिरमा अधिकमात्रामा इनर्जी उत्पादन हुन्छ र त्यसको तुलनामा इनर्जी कम खपत हुँदा शरिरमा देखापर्ने गर्दछ । मोटोपनका कारणले गर्दा हाम्रो स्वास्थ्यमा पनि असर गर्ने हुनाले यसलाई बेलैमा कम गर्नु पर्दछ ।
मोटोपन घटाउने केही महत्वपुर्ण टिप्सहरु

१  खाद्य शैलि ः–  साधारणतया हामी दिनमा ३ टाइम खाना खाने गर्दछौ तेसमा पनि चिल्लो, प्रोटिन र काब्रोहाइड्रेड बढी भएको खानेकुराहरु ले मोटोपन बढाउन सहयोग गर्दछ । हामीले खानेकुरा थोरै थोरै कम क्यालोरी भएको खानाले मोटोपनमा कमि ल्याउन सहयोग गर्दछ ।

२ मासुको सेवनमा कमी ः– यदि आफ्नो वजन कम गर्नु छ भने आजै देखि रातो मासुको सेवन बन्द गर्नु पर्दछ । कुखुराको मासु भने थोरै थोरै खान सकिन्छ ।

३  कागति पानी सेवन ः– वजन कम गराउनमा अर्को एक प्रभावकारी घरेलु उपाय कागति पानी को सेवन पनि हो । पानिमा कागति, पुदिना र धनियाँको मिक्स गरि दिनमा विहान १ गिलास पिँउदा हाम्रो वजनमा कमि आउनुका साथै हाम्रो पेट स्वस्थ्य राख्दछ ।

४  दैनिक व्यायाम ः– व्यायाम हाम्रो शरिरको लागि अति आवश्यक कुरा हो । दिनमा कम्तिमा ३० मिनेट व्यायाम अति आवश्यक छ । यसको लागि दौडिन, कुद्न कुनै आवश्यक छैन किनकी फटाफट हिड्दा पनि शरिर कम गर्न मद्दत गर्दछ । यो जुनसुकै उमेरको मानिसले पनि गर्न सकिन्छ ।

५  पानीको सेवन ः– पानीको सेवनले पनि वजन कम गर्नमा मद्दत गर्दछ । दिनमा कम्तिमा पनि २/३ लिटर पानी शरिरको लागी अति आवश्यक छ । यस्ले ग्यास्ट्रिक कम गर्नुका साथै वजन घटाउन सहयोग गर्दछ ।

६  फाइबर युक्त खाना ः– हामीले दैनिक रुपमा प्रयोग गरेका खानेकुराहरु काक्रा, प्याज, टमाटर, सलाद जस्ता खानेकुराहरुमा फाइबरको मात्र बढी हुने हुनाले मोटो पनमा कमि ल्याउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post