योग एक फेशनको रुपमा मात्र नभइ जिवन उपयोगी छ

Post23

योग तथा ध्यान आजको व्यस्त दुनियामा धेरै लोकप्रिय हुदै गएको छ। पछिल्लो समय योग फेसनको रुपमा विकसित हुदै गएको र केवल आँखा चिम्लिदै शरिर तन्काउनु मात्र योग हो भन्ने गलत धारणको बिकास भएको छ । २ हजाार वर्षअघि योगका प्रवर्तक पतञ्जलीले प्रतिपादन गरेको योग सम्वन्धी १९६ सूत्रमध्ये करिब ३ सूत्र मात्र शरीर तन्काउनेसँग सम्वन्धित छन् । बाँकी सवै जीवन जिउने कला, श्वास फेर्ने कला, संस्कार, भाजेन कला, आन्तरिक  शुद्धिकरण ,ध्यान तथा शब्द स्मरण जस्ता विधा  समेटिएका छन्।

विश्व स्वास्थ्य संगठनले आध्यात्मिक बिधालाई पनि स्वस्थ जिवनकै आधारको रुपमा स्विकारेपछि योग अभ्यास चिकित्सा विधाको पर्यायको रुपमा रहेको हो । कुनै वेला आधुनिक चिकित्सा र योगलाई फरक धारको रुपमा लिइन्थ्यो भने अहिले नियन्त्रणात्मक, प्रबद्र्धनात्मक र पुनस्र्थापनात्मक एवं उपचारात्मक विधामा पनि आधुनिक चिकित्साले योगलाई स्विकारेको छ।
विश्व जगतमा नसर्ने रोगको भार वढेसंगै आधुनिक चिकित्सा विज्ञानले अङगिकार गरेको लाईफ स्टाईल मोडिफिकेसन सिद्धान्त पूर्वीय योग विज्ञानवाट सापट लिएको मानिन्छ । योगिक आहार, प्रणायाम, मुद्रा, आसन एवं रिल्याक्सेसन जिवनशैली परिवर्तका महत्वपूर्ण पक्ष हुन् । दम, डाइवेटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचाप जस्ता कैयौँ  दिर्घ रोगहरुमा योगको उत्कृष्ट प्रयोग आधुनिक चिकित्सामा भएको पाईन्छ।

नोवेल पुरस्कार विजेता इलिजावेथ ब्ल्याकर्वनले कम्तिमा ८ हप्तासम्म दैनिक १२ मिनेटसम्म गरिने ध्यानले शरिरको टिलोमिरेज क्षमता अथार्त चाडै देखिने बुढ्यौलीपनलाई ४३ प्रतिशतले कम गर्न सकिने वताएका छन्।
एक अध्यन अनुसार नियन्त्रणात्मक श्वासक्रिया र ध्यानले दिमागको बिशेष प्रणालीमा ९लिम्विक  सिस्टम० रहेको हरदम डर तथा त्रास बनाइराख्ने केन्द्रलाई केही साँगुरो वनाउन सहयोग गर्छ र व्यक्तिको निर्णय क्षमता, एकाग्रता एवं खुसीपनालाई बढाँउछ ।
नर्वेमा भर्खरै सार्वजनिक भएको एक अनुसन्धानले निरन्तर ६ महिनासम्म योग अभ्यास गरेका व्यक्तिमा भाईरल इन्फ्लुएन्जासँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा ३ गूणाले वृद्धि हुने तथ्य वाहिर ल्याएको छ।
योगले मनोभावनात्मक आवगेहरुलाई सिथिल वनाउँछ। विविध कारणले रगतमा उत्प्रेषित भएको चिन्ता ,तनाव र रिस बढाउने  कर्टिसोल नाम गरेको हर्मोन घटाउनका लागि पनि योग अभ्यासले भुमिका खेल्छ।
योगाले शरिरको सवैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित वनाउँछ ,शरिरमा अक्सिजनकोे खपत वढाउँछ  र एन्डारोजिन नामक हमोन बृद्धी गरी तनाव नियन्त्रण गर्छ।

source : swastha khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post