स्वेच्छा के.सी. र त्रिलोक बिक्रम थापाले जिते मिष्टर एण्ड मिस सगरमाथाको उपाधी

by / February 13, 2018 Featured No Comments
Post23

काठमाण्डौं । यही माघ २९ गत फेशन इरा द्धारा आयोजित मिस्टर एण्ड मिस सगरमाथाको ग्राण्ड फिनाले काठमाण्डौं स्थित बिशाल बजारको चौथो तलामा रहेको सासा वेन्क्युटमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा मिस सगरमाथाको उपाधी स्वेच्छा के.सी. र मिस्टरमा त्रिलोक विक्रम थापाले हात पार्न सफल भएका छन् । ३२ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनिहरु प्रतियोगिताको बिजयी हुन सफल भएका हुन । बिजेताले एक – एक लाख नगद पुरस्कार सहित ट्रफि र गिफ्ट ह्यापर हात पारेका छन् । त्यसै गरि प्रतियोगितामा सन्नी श्रेष्ठ र एजिना कार्कीले फस्ट रनरअपको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएका थिएभने जनार्दन आर्चाय र इमा श्रेष्ठ सेकेण्ड रनरअपको उपाधी बाट सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post