धेरै मानिसहरुको यो बानी हुन्छ कि उनिहरु खाना खाइसकेपछि केही खाने वा केही गर्ने गर्छन । हामी यहाँ केही यस्ता कुरा बताउछौं जुन कुराहरु खाना खाने बित्तिकै गर्नु हुँदैन ।
चिसो पानी :– धेरै को यो बानी हुन्छकी उनिहरु खाना खाने बितिकै चिसो पानि पिउने गर्दछन् । जसले ब्लड सर्कुलेसनमा असर गर्छ , त्यसैले खाना खाने बितिकै नर्मल अथवा तातो पानी खानु पर्छ ।
धुम्रपान :– मानिसहरुको बानी हुन्छ खाना खाएपछि स्मोकिङ गर्ने तर उनिहरुलाई यो थाहा हुदैनकी यसले खानाको डाइजेसनमा असर गर्दछ ।
फलफुल :– खाना खाने बित्तिकै फलफुल खाएमा खानाको डाइजेसनका साथसाथै पाचन प्रक्रिया तथा ग्याट्रिक समस्या हुन सक्छ ।
सुत्नु हुदैन :– खाना खाने बित्तिकै सुत्नु हुदैन यसो गरेमा शरिरमा एसिडिटिको समस्याको साथै डाइजेसनमा असर गर्दछ । त्यसैले खाना खाएपछि केही समय हल्का हिडेमा खाना पनि डाइजेसन हुन्छ र शरिर फिट र स्वस्थ्य हुन्छ ।
नुहाउनु हुदैन :– खाना खाइसकेपछि कहिलैपनि नुहाइहाल्नु हुदैन यसले बल्ड र्सकुलेशनमा असर गर्ने गर्दछ । त्यसैले खाना खाइसकेपछि केहि समय पछि नुहाएमा उपयुक्त हुन्छ ।
चिया :– खाना खाएपछि चिया खाने धेरैको बानी हुन्छ तर यो स्वास्थ्यको लागि राम्रो होइन किनकी खाना खाने बित्तिकै चिया खाएमा त्यसले खानाको प्रोटिन नास गर्ने गर्दछ साथै यसले डाइजेशनमा पनि असर गर्ने गर्दछ ।