स्वास्थ्य खाना महिला र पुरुष दुबैलाई आवश्यक हुन्छ तर महिलाको लागि स्वास्थ्य खानाको अलि विशिष्ट स्थान हुने गर्दछ । हामी यहाँ केही यस्ता महिलाको लागि अति आवश्यक खानाको बारेमा उल्लेख गर्दछौं जसले महिलाको शारिरलाई स्वस्थ्य राख्दछ :
१) फाइबर :– महिलाको लागि फाइबर युक्त खानेकुरा अति आवश्यक छ जसले रक्तचाप, सुगर तथा वजन कन्ट्रोल गर्न सहयोग गर्दछ ।
फाइबर युक्त खानाहरु :
– गेडागुडी , फलफुल , तरकारी
२) क्यालसियम :– क्यालसियमले हड्डीलाई बलियो बनाउने काम गर्नुका साथै शरिरलाई आवश्यक शक्ति प्रदान गर्ने गर्दछ ।
क्यालसियमको मात्रा बढीहुने खानाहरु :
– दुध र दहि
३) आइरन :– आइरनयुक्त खानाले महिलाको महिनावरीको समयमा एनिमियालाई बचाउने काम गर्दछ ।
आइरनयुक्त खानाहरु :
– माछा, मासु , गेडागुडी , हरियो सागपात
४) भिटामिन ‘डि’ : भिटामिन डि महिलाको लागि अति आवश्यक तत्व हो । जसले शरिरमा भएको अन्य भिटामिनलाई पनि संरक्षित गर्ने गर्दछ ।
भिटामिन डि युक्त खानाहरु :
– माछा , दुध , अण्डा
Picture // google