‘कृ’को ट्रेलर युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा

by / 2:45 am No Comments

बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार सार्वजनिक गरिएको छ । निकै  प्रतिक्षाको रुपमा हेरिएको यो चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको दोहोरो चरित्र देखिएको छ जसमा अनमोल लामो कपाल पालेर एङ्ग्री अवतारमा देखिएका छन् भने उनको चकलेटी रोमान्टिक अवतार पनि चलचित्रको ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालमा युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ  जुन माघ २६ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा पनि  यस्तै आक्रामक व्यापार गर्ने अड्कल काटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *