तुलसी शिवाकोटीको नयाँ गीत ‘म त मान्छे सिधा साधा’

by / 3:22 am No Comments

काठमाडौं । युवापुस्ताको मायाप्रेमभित्र लक्षित भएको यो गीतले अहिले यूट्यूबको डिजिटल बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ । गायक तुलसी शिवाकोटीको नयाँ गीत ‘म त मान्छे सिधा साधा’ यतिबेला चर्चामा छ ।

मायाको नजर बेइमानी, अहिलेको बजार बेइमानी जस्ता मायाप्रेमभित्र नै समर्पित भएको शब्दले गर्दा पनि सबैको मन तान्न सफल भएको हो । सूर्य खत्रीले लेखेको यो गीतको शब्दमा माया प्रेममा भेटिनु र छुटिनुको पनि भर छैन, नजर लाउने बजारको पनि केही भर छैन भन्ने सन्देशभित्र शब्दसँगै धन बराइलीको संगीत दौडिएको छ भने सँगसँगै तुल्सी शिवाकोटीको स्वरले गीतलाई आनन्द दिएको छ । स्वरको जादू छर्न सफल म त मान्छे सिधा साधाले चर्चा बटुल्न सफल भएको हो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *