काठमाण्डौं । लामो समय देखी दर्शकहरुको प्रतिक्षामा रहेको चलचित्र “मंगलम” को ट्रेलर सार्बजनिक भएको छ । छबिराज ओझाको ब्यानरमा शिल्पा पोख्रेलको प्रस्तुति रहेको चलचित्र “मंगलम” को ट्रेलरमा त्रिकोणात्म प्रेम कथा जसमा शिल्पा पोख्रेल, पुष्पल खड्का र पृथ्वीराज प्रसाई लाई देखाइएको छ , साथमा अन्य कलाकारहरु निर शाह, मिथिला शर्मा र साम्रज्ञी राज्यलक्ष्मि शाह पनि देख्न सकिन्छ । नवल नेपाल द्धारा निर्देशित उक्त चलचित्र फागुन २५ गतेबाट हलहरुमा लाग्ने भएको छ ।