पछिल्लो समयको बहु प्रतिक्षित चलचित्र कृ को ट्रेलर सार्बजनिक भएको २ हप्ता पछि गित “यति यति पानी” सार्बजनिक भएको छ । गायक अल्मोडा राना उप्रेति र मिस्टर आरजेको स्वर रहेको उक्त गितमा अनमोल केसी लाई देखाइको छ । अनमोल केसी, अदिति बुढाथोकी, अनुप बिक्रम शाही अभिनित उक्त चलचित्र माघ २६ गते रिलिज हुने छ । बाल्यकालको अनुभब संगालिएको उक्त गितको शब्दमा संगित राजेन्द्र भट्टले दिएका छन् भने अनमोलले उत्कृष्ट प्रस्तुति दिएका छन् ।